फिना विश्व च्याम्पियनमा गुरुङद्वारा कीर्तिमान

116
  •  
  •  
  •  

काठमाडौ, २० साउन(ओएनएस) : नेपाली पौडीबाज शिरिष गुरुङले विश्व च्याम्पियनसिमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

रसियाको कजानमा जारी १६ औं फिना विश्व च्याम्पियनसिमा शिरिषले १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
पौडीबाज गुरुङले ५८.२२ सेकेन्डको किर्तिमान राखेको टिम ब्यवस्थापक बासुदेव निरौलाले कजानबाट जनाएका छन् ।

यसअघि शिरिषले २०१४ मा काठमाडौंमा भएको ४ थौं एनएसए कप खुला पौडी प्रतियोगितामा आफ्नै नाममा राखेको ५८.५५ सेकेन्डमा दुरी तय गर्दै कीर्तिमान राखेका थिए ।


  •  
  •  
  •