साउथ इन्डियन बलिउड अभिनेता नागार्जुन नयाँ फिल्मको तयारी

868
  •  
  •  
  •  

२९ माघ : साउथ इन्डियन बलिउड अभिनेता अक्किनेनी नागार्जुन नयाँ फिल्मको तयारीमा छन् ।
तेलगु चलचित्रका चर्चित अभिनेता नागार्जुनले निर्माता रामगोपाल बर्माको चलचित्रमा काम गर्ने भएका छन् । नागार्जुनले सन् १९८९ मा बर्माको पहिलो चलचित्र ‘शिवा’ मा काम गरेका थिए । बर्माको एक्सन चलचित्रको छायांकन मुम्बईमा सुरु भएको त्यसबाट रोमाञ्चित महसुस गरेको नागार्जुनले ट्विटमार्फत् जानकारी दिएका छन् ।

त्यस्तै निर्माता बर्माले लेखेका छन्, ‘नागार्जुनका साथ मैले आफ्नो पहिलो फिल्म ‘शिवा’ मा काम गरेको थिएँ र धेरै वर्षपछि उनका साथ दोस्रो फिल्मको आवश्यकता छ । रिलिज डेट र फिल्मको नाम चाँडै घोषणा गरिनेछ ।’ यी दुईले ‘गोविन्दा गोविन्दा’, ‘अंथम’ र ‘द्रोही’ मा पनि एकसाथ काम गरिसकेका छन् । बर्माका पछिल्ला केही चलचित्रले बक्स अफिसमा त्यति राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनी अहिले ‘गड, सेक्स एन्ड ट्रुथ’ नामक सर्टमुभीका कारण चर्चामा छन्


  •  
  •  
  •