फिल्म प्राविधिकलाई राहत

106
  •  
  •  
  •  

काठमाडौं । अभिनेत्री नन्दिता केसीको पहलमा तीस जना फिल्म प्राविधिकलाई राहत वितरण गरिएको छ । कोरोनाका कारण रोजीरोटी गुमेपछि दैनिक गुजरा चलाउन समस्यामा परेका प्राविधिकलाई पन्ध्र सय नगदसहित खाद्यन्न सहयोग गरिएको हो ।

अमेरिकामा बस्दै आएकी नन्दिताले त्यहाँ बस्ने फिल्मकर्मी तथा विभिन्न व्यक्तिहरुबाट संकलित रकमबाट फिल्म प्राविधिकलाई राहत वितरण गरेकी हुन् । नन्दिताकी बहिनी सजना केसी र दाई मोहन विक्रम केसीले सोमबार प्राविधिकलाई राहत वितरण गरेका हुन् ।

यस्तै, कीर्तिपूरमा रहेको बेबी लाइफ होममा आश्रित एचआइभी संक्रमित बालबालिकाका लागि राहत वितरण गरिएको छ । अभिनेत्री नन्दिता केसीले बाइक दुर्घटनामा परेर घाइते भएका कलाकार सन्नी रसाईलीलाई पन्ध्र हजार सहयोग पनि गरेकी छिन् ।

प्रियहरू…विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरैको जनजीवनमा पर्न गएको असरलाई मध्य नजर गर्दै, आज…

Nandita KC यांनी वर पोस्ट केले रविवार, १३ सप्टेंबर, २०२०


  •  
  •  
  •