‘फिल्म साउथ एसिया–२०१९’ शुरु

99
  •  
  •  
  •  

ललितपुर । ‘फिल्म साउथ एसिया–२०१९’ बिहीबारदेखि ललितपुरको पाटनस्थित यलमाया केन्द्रमा शुरु भएको छ ।
सन् १९९७ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको महोत्सवको १२ औँ संस्करणमा ७ देशका ६३ वृत्तचित्र रहेका छन् ।

चार दिनसम्म चल्ने चलचित्र महोत्सवमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, अफगानिस्तान तथा म्यानमारका वृत्तचित्र रहेका छन् ।

यस पटक अनलाइनबाटै फिल्म मागिएकाले २५ सय भन्दाबढी चलचित्र प्राप्त भएको महोत्सवका सहायक निर्देशक आलोक अधिकारीले बताए ।
विभिन्न तीन वटा चरणमा छनोट गरिएका ६३ चलचित्रमध्ये १२ वटा ‘स्टुडेन्ट फिल्म’ र ५१ वटा फिल्म ‘मेन सेलेक्सन’ अन्तर्गत रहेका छन् । ५१ वटा चलचित्र प्रतिस्पर्धा विधामा रहेका छन् ।

महोत्सवमा प्रथम हुने वृत्तचित्रले रामबहादुर ट्रफीसहित दुई हजार अमेरिकी डलर प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने वृत्तचित्रले एक हजार अमेरिकी डलर पुरस्कार र ‘डेब्यू’ निर्देशकतर्फ उत्कृष्ट वृत्तचित्रले ‘तारेक मसूद पुरस्कार’ अन्तर्गत एक हजार अमेरिकी डलरको पुरस्कार प्राप्त गर्नेछ ।

बालबालिकाको विषयमा केन्द्रित वृत्तचित्रमध्ये उत्कृष्ट वृत्तचित्रले ‘युनिसेफ पुरस्कार’स्वरूप एक हजार अमेरिकी डलर पाउनेछ । ‘स्टुडेन्ट’ विधातर्फ उत्कृष्ट वृत्तचित्रले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 


  •  
  •  
  •