गर्भवती भइसकिन्, विवाहको कुरै छैन

58
  •  
  •  
  •  

हलिउडकी एक अभिनेत्री गर्भवती छिन् । तर, उनी विवाहित होइनन् । र, विवाह गर्ने विचारमा पनि छैनन् । उनी हुन् स्कारलेट जोन्सन ।

उनले आफू गर्भवती भएकोमा खुसी व्यक्त गर्दै भनिन्, ‘आमा बन्न लाग्दा कसलाई खुसी लाग्दैन र ? तर, म अहिले नै विवाह गर्न भने चाहन्नँ । मलाई विवाहको हतारो छैन ।’ उनका ब्वाइफ्रेन्ड फ्रान्सेली पत्रकार रोमेन डोरियाक हुन् ।

उनीसँग स्कारलेट विगत ६ महिनादेखि सम्बन्धमा छिन् । स्कारलेट अहिले स्वतन्त्र जीवनकै मजा लिन चाहन्छिन् । त्यसैकारण विवाहका लागि तयार नभएकी हुन् । रोमेनलाई पनि विवाहको हतारो छैन, उनीहरू दुवै खुसी छन् ।एजेन्सी


  •  
  •  
  •