सलमानको आगामी फिल्म देशमा पूर्व प्रेमिका कटि्रना कैफको इन्ट्री, प्रियंकालाई ठूलो झट्का

247
  •  
  •  
  •  

२१ चैत्र – बलिउडमा सलमान खानको आगामी फिल्म देशमा पूर्व प्रेमिका कटि्रना कैफको इन्ट्री हुने भएकाे छ। ठुलाे झट्का लाग्ने भएकाे छ।

बलिउडमा सलमान खान र कट्रिना कैफको जोडी निकै हिट छ । हालै उनीहरुको फिल्म टाइगर जिन्दा हैले बक्स अफिसमा तहल्का मच्चाएको थियो ।

दर्शकहरुले यो जोडीलाई फेरि एकपटक सँगै हेर्न पाउने भएका छन् । सलमानको आगामी फिल्म देशमा क्याटरिना कैफको इन्ट्री भएको छ ।

यसअघि सो फिल्ममा प्रियंका चोपडाको चर्चा थियो । पछिल्लो समय हलिउडमा फोकस गरेकी प्रियंका त्यहाँ उल्लेख्य सफलता कमाउन सकिरहेकी छैनन् । त्यसैले उनी फेरि बलिउडमै केन्दि्रत हुने योजनामा छिन् । क्वान्टिकोको आगामी श्रृंखलामा उनी देखिने छैनन् ।

बलिउडमा फरि आफ्नो पकड बनाउन केही राम्रा फिल्महरुको उनलाई आवश्यकता छ । त्यसैले उनी सलमानको देशमा काम गर्न पाउने भएपछि निकै खुशी भएकी थिइन् । सलमानले पनि उनलाई बचन दिएका थिए । तर, साइन गर्न बाँकी छिन् ।

तर, अन्त्यमा उनलाई धोका भएको छ । प्रियंकालाई पन्छाउँदै सलमान आफ्नी पूर्वप्रमिका क्याटरिनातर्फ मोडिएका छन् । यसले प्रियंकालाई ठूलो झट्का लागेको छ ।

यद्यपि, यो समाचारको आधिकारिक पुष्टि भएको छैन । कट्रिना र प्रियंका दुवैले यसबारेमा मुख खोलेका छैनन् सलमानको देश एउटा साउथ कोरियन फिल्मको हिन्दी रिमेक हो । यसमा सलमानलाई अलग अवतारमा देख्न पाइनेछ ।


  •  
  •  
  •