निषेधाज्ञा खुकुलो भएपनि सिनेमा हल भने नखुल्ने

75
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा लागु गरिएको निषेधाज्ञा केहि खुकुलो बनाइएको छ । बुधबार राति १२ बजेदेखि निषेधाज्ञा खुकुलो भएपनि मनोरञ्जन क्षेत्र भने नखुल्ने भएका छन्।

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरे पनि शैक्षिक संस्था, सिनेमा हल, नाटक घर, जिमखानालगायत यसअघि बन्द गरिएका क्षेत्र अर्को निर्णय नहुँदासम्म बन्द नै रहने छन् ।

कोरोनाका कारण गत वर्षको चैत ६ गतेबाट सिनेमा घर बन्द छन् । नेपालमा करिब २०० सिनेमा घर छन् । जसमा १२ अर्ब लगानी छ । कोरोनाका कारण निर्माण सम्पन्न भएका २ दर्जन सिनेमा हल बन्द हुँदा अलपत्र परेका छन् ।


  •  
  •  
  •