कोरोनाका कारण कान्स फिल्म फेस्टिभल स्थगित

206
  •  
  •  
  •  

एजेन्सी । कोरोना भाइरस(कोभिड–१९) का कारण संसारकै सबैभन्दा ठूलो फिल्म फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’ स्थगित भएको छ ।

७३ औं कान्स फिल्म फेस्टिभल मेमा हुने चर्चा थियो । आयोजकले तत्कालका लागि फेस्टिभल नहुने जनाएको छ ।

आयोजकका अनुसार अब यो फेस्टिभल जुलाइमा हुने सम्भावना छ तर यसबारेमा पनि सल्लाह मात्र भइरहेको छ । कान्स अधिकारीले फेस्टिभल गर्नेबारेमा सोच बनाए पनि अहिलेलाई पोस्टपोन्ड गर्नु नै उपयुक्त भएको बताएका छन् ।

सन् १९४६ मा सुरु भएको यो फिल्म फेस्टिभल यो भन्दा अगाडी फ्रान्समा भएको विद्यार्थी आन्दोनको कारण स्थगित भएको थियो । आयोजक टिमको विज्ञप्तीमा भनिएको छ –‘विश्वमा फैलिरहेको कोरोना भाइरस संक्रमित व्यक्तिको साथमा हामी छौँ । त्यसैले हामीले मे १२ मा हुने कान्स फिल्म फेस्टिभल स्गगित गर्ने निर्णय गरेका छौं ।’


  •  
  •  
  •