बजेट मार्फत चलचित्र नीति लागु गर्ने घोषणा

132
  •  
  •  
  •  

काठमाडौं, ३० असार (ओएनएस) :  सरकारले आर्थिक बर्ष २०७१ र २०७२ का लागि जारी गरेको बजेटमा चलचित्र नीति लागु गर्ने धोषणा गरेको छ । संचारमन्त्रालय अन्तर्गत जारी गरिएको बजेटमा नेपाली चलचित्रलाई उद्योगका रुपमा स्थापीत गर्दै सरकारले आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्नेमा जोड दिइएको छ ।

अर्थमन्त्री रामशरण महतले बजेट सार्वजनिक गर्दै चलचित्र नीति तर्जुमा गरेर लागु गर्ने घोषणा गरे लगत्तैै चलचित्रकर्मीमा केही उत्साह थपिएको बताउछन् वरिष्ठ सिनेकर्मी यादव खरेल । केही समय अगाडि खरेलको संयोजकत्वमा चलचित्र नीति तयार पारिएको थियो, तर कार्यन्वयनमा आउन सकेको थियो ।

सरकारको नीति अनुसार नेपाली चलचित्रलाई सास्कृतिक उद्योगको मान्यता दिनुपर्ने खाचो समेत औल्याइएको छ ।


  •  
  •  
  •