चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध

66
  •  
  •  
  •  

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ । महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् ।
बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि उनीहरु निर्विरोध चुनिएका हुन् ।

उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भए । सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन् ।


  •  
  •  
  •