सलमानको मुद्धा सुनवार्इ गरीरहेका न्यायाधीशको सरुवा, आज तेश्राे दिन पनि सलमान जेलमै बस्ने !

416
  •  
  •  
  •  

२४ चैत्र : सलमान खानको मुद्धा सुनवार्इ गरीरहेकाेका न्यायाधीशको सरुवा भएकाे छ। आज तेश्राे दिन पनि सलमान जेलमै बस्ने प्रहरी अधिकृतहरुकाे भनार्इ छ।

यता सलमान खान समर्थकहरु सलमानलाई छिटाे भन्दा छिटाे कानुनी प्रक्रिया पुर्यार्इ छाेड्नु पर्ने दवाव दिइरहेका छन्।

राजस्थान उच्च अदालतले एकै पटक ८७ जना न्यायाधीशहरुको सरुवा गर्ने क्रममा सलमान खानको मुद्धा सुनवार्इ गरीरहेकाेका न्यायाधीशकाे पनि सरुवाा भएकाे हाे।

कालो हरिण मारेको आरोपमा सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाउने न्यायाधीश देवकुमार खत्री तथा उनको जमानत अपीलमा सुनुवाई गरिरहेका न्यायाधीश रवीन्द्रकुमार जोशी दुवै जनाको सरुवा भएको हुनाले अाज पनि जेलमा बस्नु पर्ने देखिएकाे छ ।

सलमानले जमानतका लागि दिएको अपीलमा सुनुवाई गरिरहेका न्यायाधीश जोशीको सरुवा भएपछि अब सुनुवाईमा ढिलाई हुन सक्ने सम्भावना रहेको छ । यसअघि शनिबार जोशीले सलमानको जमानतबारे फैसला गर्ने सुनाउने सम्भावना रहेको थियो ।

सलमानको जमानतका बारेमा सुनुवाई गरिरहेका न्यायाधीश जोशीलाई जोधपुरको सिरोहमा सरुवा गरिएको छ । उनको ठाउँमा भिलवाडाका न्यायाधीश चन्द्रकुमार सोंगरा आउनेछन् । त्यस्तै न्यायाधीश खत्रीको ठाउँमा उदयपुरका अतिक्ति मुख्य न्यायिक मजिस्ट्रेट समरेन्द्र सिंह सिकारवार आउनेछन् ।

सन् १९९८ मा चलचित्र ‘हम साथ साथे हे’ छायांकनका क्रममा कालो हरिण मारेको आरोपमा सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल र दश हजार रुपैया जरिवानकाे सजाय सुनाइएको छ ।


  •  
  •  
  •