५० प्रतिशत सेयर बाँडफाँडबारे चलचित्र संघ र निर्माता संघबीच सहमति

259
  •  
  •  
  •  

काठमाडौं । नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच सेयर बाँडफाँडको विषयमा सहमति भएको छ। चलचित्र रिलिज भएपछि निर्माताहरूले पाउने सेयर रकममा असन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको विद्रोहपछि भएको वार्तामा सहमति जुटेको हो।

निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार अब ५० प्रतिशत सेयर बाँडफाँडको विषयमा सहमति भएको हो। उनका अनुसार अब निर्माताहरुले फिल्म रिलिज गरेबापत सधैं ५० प्रतिशत सेयर पाउनेछन्।

दुवै संघबीच ५० प्रतिशत सेयर बाँडफाँड सहमति भएको उनले बताए। यसअघि सोही विषयलाई लिएर चलचित्र संघमा दुई दिनसम्म वार्ता भएको थियो।


  •  
  •  
  •