फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो, जर्मनी शीर्ष स्थानमै कायम

310
  •  
  •  
  •  

पुस ७ – फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । हरेक महिनामा सार्वजनिक हुने वरियता क्रममा डिसेम्बरका लागि फिफाले सार्वजनिक गरेको वरियतमा नेपाल गत महिनाको भन्दा एक स्थान तल झर्दै १ सय ७१ औँ स्थामा रहेको छ । गत महिना भने नेपाल १ सय ७० औँ स्थामा रहेको थियो ।

दक्षिण एसियाली राष्ट्रमा भारत १ सय पाँच स्थानमा रहेर शीर्ष स्थानमा यथावत रहेको छ भने माल्दिभ्स १ सय ५५ औँ स्थानका साथ दोस्रो स्थामा रहेको छ । तेस्रो स्थामा नेपाल रहेको छ भने नेपाल । यस्तै भुटान १ सय ८७ औँ स्थानमा छ भने बंगलादेश १ सय ९७ औँ, श्रीलंका २ सयौँ र पाकिस्तान २ सय १ औँ स्थानमा रहेको छ ।

फिफा वरियतामा विश्व कप विजेता जर्मनी शीर्षस्थानमा छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा रहेको छ । विश्वकप उपविजेता अर्जेन्टिना चौथो स्थानमा रहेको छ ।


  •  
  •  
  •