आउदो विश्वकप फुटबलमा बेलायती रेफ्रिलाई स्थान दिइएन

258
  •  
  •  
  •  

चैत १६ – रसियामा हुन लागिरहेको विश्वकप फुटबलमा यसपटक बेलायती रेफ्रिलाई देख्न नपाइने भएको छ।

विश्वकप फुटबलको इतिहासमा बेलायती रेफ्रिले ८० वर्षपछि पहिलो पटक खेल खेलाउन नपाउने भएका छन्। आउदो विश्वकपको लागि फिफाले ३६ मुख्य रेफ्रि छनोट गरेकोमा इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डबाट एकजना पनि मुख्य रेफ्रिलाई समावेश गरेको छैन। यस्तो सन् १९३८ को विश्वकप पछि पहिलो पटक भएको हो। यस्तै फिफाले छनोट गरेको ६३ वटा सहायक रेफ्रिमा पनि बेलायतबाट कोही पर्न सकेनन्।


  •  
  •  
  •