बालोन डि’ओर अवार्डको अन्तिम तीन खेलाडीहरूको नाम आज सार्वजनिक गरिने

386
  •  
  •  
  •  

काठमाडौँ, १४ मंसिर(ओएनएस) : फिफाले यो वर्षको उत्कृष्ट खेलाडी अर्थात बालोन डि’ओर अवार्डको अन्तिम तीनमा पर्ने खेलाडीहरूको नाम आज सार्वजनिक गर्ने भएको छ । यो वर्षको उपाधीका लागि अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसीलाई प्रमुख दावेदार मानिएको छ ।

ballon-d-or-trophy FiFaयस्तै  मेसीका टीममेट नेयमार जुनियरले आफू पनि यस उपाधीको दावेदार भएको जनाएका छन् । एक ब्राजिलियन टेलिभिजनसँगको कुराकानीमा उनले अन्तिम तीनमा पर्नका लागि आफू पनि योग्य भएको बताएका छन् । साथै उनले उत्कृष्ट तीनमा बार्सिलोनाका प्रमुख तीन खेलाडी मेसी, स्वारेज र आफू नै  पर्ने दावी समेत गरेका छन् ।

मेसीका प्रमुख प्रतिद्धन्दी रहेका पोर्चुगलका स्टार खेलाडी क्रिश्टियानो रोनाल्डोले पनि यस वर्षको उपाधीको दावेदार मेसी भएको स्वीकार गरेका छन् । उनले गत वर्ष उक्त उपाधी हात पारेका थिए ।


  •  
  •  
  •