फिफा वरियतामा भुटानले नेपालसहित चार सार्क राष्ट्रलाई पछार्‍यो

219
  •  
  •  
  •  

काठमाडौं, २६ चैत (ओएनएस) : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अप्रिल महिनामा जारी गरेको विश्व वरियता क्रममा दक्षिण एसियाली मुलुक भुटानले ऐतिहासिक फड्को मारेको छ ।

फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियता क्रममा भुटानले ४६ स्थान फड्को मारेको हो । अघिल्लो महिना फिफा वरियता क्रममा अन्तिम स्थान (२१०) मा रहेको भुटान १६३ औं स्थानमा आइपुगेको छ ।

दक्षिण एसियाको चौथो स्थानमा आइपुगेको भुटानले वरियता क्रममा दक्षिण एसियाका नेपालसहित चार राष्ट्रलाई पछि पारेको हो । अघिल्लो महिना विश्वकप छनोट खेलमा श्रीलंकाबिरुद्ध जीत निकाल्दै दोस्रो चरणमा पुगेको भुटानले वरियता क्रममा पनि फड्को मारेको हो ।

वरियतामा नेपाल दक्षिण एसियामा पुछारबाट दोस्रो स्थानमा रहने क्रममा एक स्थान तल झर्दै १८१ औं स्थानमा पुगेको छ। भारतसँग पराजित भएपछि नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो । पहिलो खेलमा नेपाललाई भारतले २–० ले हराउँदा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो । पछिल्लो दुई वर्षयता जीत निकाल्न नसकेको नेपालले लगातार नौ खेलमा गोल गर्न सकेको छैन ।

दक्षिण एसियाको पहिलो स्थानमा अफगानिस्ता छ । अफगानिस्ता २ स्थान माथि उक्लदै १३५ औं स्थानमा, दोस्रो स्थानमो माल्दिभ्स् ८ स्थान तल झर्दै १४१ औं स्थानमा, तेस्रो स्थानमा रहेको भारत २६ स्थान माथि उक्लदै १४७ औं स्थानमा छन् ।

छैटौ स्थानमा रहेको पाकिस्तान १७२ औं र पाँचौ स्थानमा रहेको बंगलादेश १६७ औं स्थानमा छ । दक्षिण एसियाको पुछारमा रहेको श्रीलंका १८६ औं स्थानमा छ ।

विश्व वरियतामा जर्मनी पहिलो, अर्जेन्टिना दोस्रो, बेल्जियम तेस्रो, कोलम्बिया चौथो र ब्राजिल पाँचौ स्थानमा छन् ।

REanking


  •  
  •  
  •