फिफा वरीयतामा नेपालको स्थान यथावत

116
  •  
  •  
  •  

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफा वरीयतामा नेपालको स्थान यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयता सूचीअनुसार नेपाल १६८औं स्थानमा छ । गत महिना सार्वजनिक सूचीमा पनि नेपाल १६८ स्थानमै थियो ।

नयाँ वरियताअनुसार दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा माथि छ । भारत १०७औं स्थानमा छ । त्यस्तै १५८औं स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छ ।

यसैगरी नेपाल तेस्रो स्थानमा रहँदा १८७औ स्थानसहित भुटान चौथो स्थानमा छ । १८९ स्थानसहित बंगलादेश पाँचौ, १९८ स्थानमा रहेको पाकिस्तान छैठौं र २०५ स्थानमा रहको श्रीलंका दक्षिण एसियामा सातौं स्थानमा छ ।


  •  
  •  
  •