फिफाले पूर्व अधिकारी मार्कुस काटनेरलाई १० वर्षको प्रतिबन्ध लगायो

42
  •  
  •  
  •  

एजेन्सी । विश्व फुटबल महासंघ फिफाले पूर्व अधिकारी मार्कुस काटनेरलाई १० वर्षको प्रतिबन्धका साथै एक दशलमव ६ मिलियन डलर जरिवाना लगाएको छ ।

स्विट्जरल्याण्डको कार्यालयमा काम गरेका मार्कुसले फाइदाको रकम बाँडाफाँड गरेको भन्दै फिफाले प्रतिबन्ध लगाएको हो । फिफाको इथिक्स कमिटीले पूर्व कार्यकारी महासचिव मार्कुसलाई ‘कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट’ का आधारमा काम गरेको भन्दै कारवाही गरेको छ ।

उनले फिफाको कोड अफ इथिक्स मिचेको भन्दै १० वर्ष फुटबलमा नरहने गरि प्रतिबन्ध लगाएको छ भने एक मिलियन भन्दा बढि जरिवाना लगाएको छ । फिफाको आन्तरिक अनुसन्धानले सन् २०१६ मा तत्कालिन अध्यक्ष सेप ब्लाटर र महासचिव जेरोमी भाल्केसँग मिलेर उनलेपनि मोटो रकम लिएको प्रमाणित भएको छ । तर कति रकम लिएको भन्ने खुलाइएको छैन ।

त्यो बेला ८१ मिलियन डलरको घोटाला काण्डका कारण ब्लाटर र भाल्केको करियर सकिएको थियो । ब्ल्याटर ६ बर्षको प्रतिबन्धमा छन भने भाल्के २०२८ सम्म प्रतिबन्धित छन । अब ४५ बर्षे मार्कुसको करियरपनि फुटबलबाट सकिएको भनिएको छ ।

जर्मनी र स्विट्जरल्याण्डको नागरिकता रहेका मार्कुसले सन् २००३ मा फाइनान्स डाइरेक्टरका रुपमा फिफामा प्रवेश गरेका थिए ।


  •  
  •  
  •