फिफा यू १७ महिला विश्वकप एक वर्षपछि धकेलियो

70
  •  
  •  
  •  

एजेन्सी । फिफा यू १७ महिला विश्वकपको नयाँ मिति तय भएको छ । यहिँ वर्षको अत्यतिर भारतमा हुने भनिएको प्रतियोगिता कोरोना भाइरसका कारण एक वर्ष पछि धकेलिएको हो ।

फिफाले मंगलबार बेलुका उमेर समुहको महिला विश्वकपको नयाँ मिति २०२१ फ्रेब्रुअरी १७ देखि मार्च ७ सम्म हुने भएको छ ।

यसअघि यो प्रतियोगिता भारतमै २०२० नोभेम्बर २ देखि २१ सम्म हुनेतय भएको थियो । प्रतियोगिताको मिति सरेपनि खेलका मापदण्ड यसअघिकै अनुसार हुने पनि फिफाले स्वष्ट पारेको छ ।


  •  
  •  
  •