फिफा विश्वकप छनोटः नेपाल र कुवेतको खेल भुटानमा

83
  •  
  •  
  •  

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र कुवेतको खेल भुटानमा हुने भएको छ । एएफसीका प्रतिनिधिको रिपोर्टका आधारमा नेपालले घरेलु मैदानमा खेलाउने भनिएको खेल अन्तिम समयमा भुटानमा हुने तय भएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी) ले खेल खेलाउनका लागि नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको बताएको छ । नेपाल र कुवेतबीचको खेल मंसिर ३ गतेका लागि दशरथ रंगशालामा तय थियो ।

अखिल फुटबल संघ (एन्फा) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै दशरथ रंगशालामा खेल नहुने प्रष्ट पारेको छ ।
सोही खेल न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रंगशाला प्रस्ताव गरिएको एन्फाले सोही विज्ञप्तिमा उल्लेख गरेको छ ।

हेनुहोस् विज्ञप्ति


  •  
  •  
  •