फिफा विश्वकप छनोटः नेपालले जोर्डनसँग खेल्दै

400
  •  
  •  
  •  

काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपालले जोर्डनसँग खेल्दैछ । जोर्डनको अमान अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार आज राति पौने नौ बजेबाट खेल शुरु हुनेछ ।

अष्ट्रेलियासँगको खेलपछि सोझै जोर्डन पुगेको नेपाली टिमले घरेलु टिमलाई बराबरीमा रोक्न सकेमा पनि ठूलो उपलब्धि हुनेछ ।

अष्ट्रेलियाविरुद्ध नेपालले पाँच शुन्यको हार ब्यहोरेको थियो । जारी प्रतियोगितामा जोर्डनले अहिलेसम्म दुई खेल खेलेका छ । जसमा एक खेल बराबरी खेलेको छ भने एकमा जित निकालेको छ । उसले चाइनीज ताइपेईलाई हराउँदा कुवेतसँग बराबरी खेलेको थियो ।


  •  
  •  
  •