फिफा विश्वकप छनोट खेल्न नेपाली टिमको घोषणा

447
  •  
  •  
  •  

काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ ।
कुवेत र चाइनिज ताइपेइसँग खेल्न टोलीको घोषणा गरिएको हो । नेपालले कुवेतसँग कुवेतमा नै भदौ १९ गते र चाइनिज ताइपेइसँग उसैको मैदानमा भदौ २४ गते खेल्दै छ ।

जसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।
यस पटक नियमति कप्तान विराज महर्जन भने टिममा परेका छैनन् । उनी मलेसियाको लिग च्याम्पियन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि परेका थिएनन् ।

यसैगरी विमल राना र एलेन न्यौपाने पनि टिममा परेका छैनन् । रानालाई रोहित चन्द र न्यौपानेलाई किरण चेम्जोङले रिप्लेस गरेका हुन् ।

भरत खवास पनि यस पटक टिममा छैनन् । मलेसियाबाट फर्किएपछि नेपाली टिमले बिहीबार बिहान प्रशिक्षण समेत शुरु गरेको थियो । कुवेत विरुद्धको खेलका लागि नेपाली टिम आइतबार जानेछ । टिममा २३ खेलाडी, सात अफिसियल र अरु ६ जना पदाधिकारी रहेका छन् ।

नेपाल र कुवेतबीच गत मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १–० ले पराजित भएको थियो ।
विश्वकप छनोटमा समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन् ।

हेर्नुहोस् को को छन् टिममा ?

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहल, अजित भण्डारी, दिनेश राजबंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल ।
मिडफिल्डर : सुनिल बल, रबि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द ।
फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल र नबयुग श्रेष्ठ ।


  •  
  •  
  •