फिफा महिला विश्वकपको उपाधि अमेरिकालाई

69
  •  
  •  
  •  

एजेन्सी । फिफा महिला विश्वकपको उपाधि अमेरिकाले हात पारेको छ । नेदरल्याण्ड्सलाई हराउँदै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो ।

अमेरिकाको यो चौथो उपाधि हो । यसअघि सन् २०१५ मा भएको संस्करणमा अमेरिकाले जापानलाई हराउँदै उपाधि जितेको थियो । सन् १९९१ मा चीनमा भएको पहिलो संस्करणको उपाधि अमेरिकाले जितेको थियो । त्यसपछि अमेरिकाले १९९९ संस्करणको उपाधि जितेको थियो ।

अमेरिकालाई चौथो उपाधि जिताउनका लागि मेगान रापिनोई र रोज लाभेलेले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित स्थितीमा सकिएको खेलको ६१औं मिनेटमा अमेरिकाले पेनाल्टी पायो ।
यो पेनाल्टीलाई रापिनोईले गोलमा परिणत गर्दै अमेरिकालाई अग्रता दिलाइन् । त्यसको आठ मिनेटपछि लेभेल्लेले गोल

गर्दै अमेरिकालाई २–० को अग्रता दिलाइन् ।


  •  
  •  
  •