सोमालियामा जडान गरियो पहिलो एटिएम मेसिन

277
  •  
  •  
  •  

somalia-first-atmकाठमाडौ, २३ असोज(एजेन्सी) : सोमालियाको मोगादिशुमा पहिलोपटक एटिएम कार्ड राखिएको छ । उक्त एटिएम देशकै पहिलो एटिएम मेसिन राखिएको हो ।

यसरी पहिलोपटक एटिएम जोडिएपछि त्यहाँका मानिसहरू निकै उत्साहित भएको त्यहाँका स्थानीय सञ्चारमाध्मयहरूमा जनाईएको छ । सलाम सोमाली बैंकले एक महंगो होटेलमा पहिलोपटक एटिएम राखेको हो । एटिएमबाट मात्र अमेरिकी डलरमात्र झिक्न सकिन्छ ।

सोमालियाको बैंकिङ क्षेत्र अविकसित छ । यहाँका धेरै मानिस विदेशबाट आउने पैसामाथि निर्भर रहन्छ । पछिल्लो दुई दशकदेखी जारी जातीय हिंसामा सोमालियाको अर्थव्यवस्था निकै कमजोर बनेको हो । धर्ममा आधारित लडाकु गुटहरूबीच पछिल्लो दुई दशकदेखि जारी हिंसाले सोमालियाको विकास रोकिएको छ ।

सोमालियाको मुद्रा सिलिङ अब अर्थहिन भइसकेको छ र धेरै व्यापारी विदेशी डलरमा किनबेच गर्ने गर्छन् । यस एटिएमबाट मानिसहरूले भिजा, मास्टरकार्ड र अमेरिकन एक्सप्रेस जस्ता कार्डको प्रयोग गरेर विदेशी खाताबाट पैसा झिक्न सकिन्छ । सलाम सोमाली बैकका प्रवक्ता सईद अबु बकरले भने, ‘एटीएमबाट मानिसले मात्र अमेरिकी डलरमात्र निकाल्न सक्छन् । हामी भविष्यमा यसबाट अन्य मुद्रासमेत झिक्न सकिने व्यवस्था गरिनेछ । बैंक मोगादिशुमा अन्य एटिएम जडान गर्ने योजना बनाइरहेको छ ।’


  •  
  •  
  •