हुण्डाईको दशैतिहार योजना

68
  •  
  •  
  •  

 

काठमाडौं , ११ भदौ (ओएनएस) ः हुण्डाइको ‘मिस्सी बादशाह, एक्का ’ नामक दशैतिहार योजना सञ्चालनमा आएको छ । योजना अन्तर्गत हुण्डाइ गाडी खरिद गर्ने हरेक ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सकिने लक्ष्मी इण्टरकन्टीनेन्टलले बताएको छ ।

योजना सोमबारदेखि सुरु भएको हो । मिस्सी योजना अन्तर्गत दश जना भाग्यशाली जोडीले मलेसिया र वैंककको निःशुल्क यात्रा गर्न पाउनेछन् ।

त्यस्तै वादशाह योजना अन्तर्गत एक जना भाग्यशाली विजेताले ‘हुण्डाइ आई जेन आई ट्वान्टी’ जित्ने अवसर पाउने छन् । एक्का योजना अन्तर्गत एक जनाले ‘फ्लेडिक भेर्ना’ जित्न सक्नेछन् । लक्की ड्र मार्फत विजेता छानिने बताइएको छ ।

कम्पनी हुण्डाईको नेपालका लागि आधिकारीक विक्रेता हो ।


  •  
  •  
  •