सुनचाँदी व्यवसायीद्वारा पाँच लाखको बाढीपीडित राहत कोष स्थापना

885
  •  
  •  
  •  

mohan-sunar sunchadi
काठमाडौं, ३१ साउन (ओएनएस) : नेपाल सुनचाँदी व्यवसायी महासंघले बाढीपीडितका लागि पाँच लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।

महासंघका अध्यक्ष मोहनकुमार सुनारको अध्यक्षतामा मंगलबार बसेको आकस्मिक पदाधिकारी बैठकले पाँच लाख रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।

साथै कोषमा थप रकम जम्मा गर्नका लागि आवद्ध संघ–संस्थाहरुलाई पनि आग्रह गरिएको महासंघका प्रवक्ता मनोजकुमार शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

महासंघले सम्पूर्ण जिल्ला÷नगर तथा एशोसियट सदस्यहरुलगायतलाई एक हप्ताभित्र सक्दो रकम कोषमा जम्मा गर्न पनि आग्रह गरेको छ ।

बैठकले बाढी पहिरोबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै मृतकप्रति श्रदाञ्जली तथा परिवारप्रति समवेदन प्रकट गरेको छ ।

fenegoshida


  •  
  •  
  •