दोश्रो महिला उद्यमशीलता सम्मेलन आगामी असोज ४ गते

91
  •  
  •  
  •  

काठमाडौं, २६ भदौ ( ओएनएस) ःदोश्रो महिला उद्यमशीलता सम्मेलन आगामी असोज ४ गते काठमाडौंमा हुने भएको छ ।

नेपाली यूवा उद्यमीमंचको नेतृत्व रहने सम्मेलनले महिलाहरुको समाजमा परम्परागत भूमिका भन्दा उनीहरुमा रहेको उद्यमशीलताको उत्खनन गरि आर्थिक विकास र समृद्धिमा महिलाहरुको भूमिकालाई इन्धनको रुपमा सहयोगी बनाउने बताइएको छ ।

सम्मेलन ‘सम्भाव्यताको उत्खनन  विषयमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा यूवा महिला उद्यमशीलता प्रवद्र्धन, सम्पर्क संजाल विस्तार, ज्ञान तथा शीप आदानप्रदान गर्न सम्मेलन एक प्रभावकारी मंच हुने आयोजकको दावी छ ।

सम्मेलनले महिला उद्यमशीलताको खोजी गर्नुका साथै उनीहरुलाई उद्यमी वनाउन प्रेरित गर्नेछ । महिला उद्यमशीलताको प्रवद्र्धन मार्फत मुलुकको आर्थिक विकास, रोजगारी सृजनामा समेत सम्मेलन कोशेढुंगा हुने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा करिव २ सय सक्रिय महिलाहरु तथा विश्वभरका ५० प्रेरणादायी व्यक्तिहरुको सहभागिता रहने छ । नेपाली यूवाउद्यमी मंचले उद्यमशीलता प्रवद्र्धनका साथै व्यवसायिक वातावरण निर्माणमा पहल गर्ने बताएको छ ।


  •  
  •  
  •