कुवेतमा महिला कामदारलाई सुरक्षित वातावरण बनाउन माग

108
  •  
  •  
  •  

काठमाडौं, १८ भदौ (ओएनएस) : पूर्ण सुरक्षाको ग्यारेन्टी नभएसम्म खाडी मुलुकमा घरेलु कामदारका रुपमा महिलालाई पठाउन नहुने भन्दै गैरआवासीय नेपाली सँस्थाहरुले संयुक्त रुपमा प्रधानमन्त्री कार्यलयमा ज्ञापनपत्र बुझाएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेृतको अगुवाईमा ५ हजार व्यक्तिको हस्ताक्षर सहित ५ मिटर लामो ब्यानर समेत प्रंधानमन्त्रीलाई बुझाएको हो । ज्ञापनपत्रमा महिलालाई कामदारलाइृ पूर्ण सुरक्षाको ग्यारेन्टी नभएसम्म श्रम स्विकृति र भिष प्रमाणीकरण खुला नगर्ने समेत संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारले महिला कामदारलाई तत्काल कुवेतमा जान रोक लगाएकोमा समर्थन जनाउदै संघले महिलालाई थप सुरक्षाको आवश्यकता भएको भन्दै सरकार समक्ष अपिल गरेको हो ।


  •  
  •  
  •