संघीय गठबन्धन अनसनमा बस्ने

150
  •  
  •  
  •  

काठमाडौँ, १७ जेठ(ओएनएस) : संघीय गठबन्धनले अनसनका कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौ केन्द्रीय आन्दोलन गरिरहेको मधेसी-जनजाति दलहरूको संघीय गठबन्धनले सोमबार एक विज्ञप्ति जारी गर्दै अनसनको कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले आफ्ना मागहरूलाई वेवास्ता गरेको आरोप लगाउँदै संघीय संरचनाको निर्माणमा लाउ्नुभन्दा आफ्नो सत्ता सुदृढीकरणमा लागेको विज्ञप्तिमा उल्लेख छ ।

गठबन्धनले सोमबार सार्वजनिक गरेको आगामी आन्दोलनका कार्यक्रम अनुसार जेठ २५ गतेदेखि काठमाडौंको शहिद मञ्चमा रिले अनसनको कार्यक्रम तय गरिएको छ । दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रिले अनसन गरिने विज्ञप्तीमा उल्लेख छ । अनसनको क्रममा गठबन्धनका प्रत्येक दलहरूबाट प्रत्येक दिन १/१ जना अनसन बस्ने गठबन्धनले जनाएको छ ।

प्रदेश तथा जिल्लामा पनि यस्तै प्रकारको कार्यक्रम गर्न भनिएको छ । जेठ-१ गतेदेखि गठबन्धनले काठमाडौं केन्द्रिय कार्यक्रम गर्दै आएको छ ।

gathbandhan-fasting


  •  
  •  
  •