वैज्ञानिक वनका नाममा उपभोक्ता झुक्याउनेलाई कारबाहीको माग

296
  •  
  •  
  •  

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वैज्ञानिक वनका नाममा समुदायको लाखौँ खर्च गराएर कार्ययोजना बनाई उपभोक्ताहरुलाई झुक्याउनेलाई कारबाहीको माग गरेको छ ।

महासंघकी अध्यक्ष भारती पाठकले एक विज्ञप्ति जारी गर्दै सामुदायिक वनले वन दिगो व्यवस्थापन अनुसार बनाइएको कार्ययोजना कार्यान्वयन गर्न नदिने र वैज्ञानिक वनका नाममा समुदायको लाखौँ खर्च गराएर कार्ययोजना बनाई उपभोक्ताहरुलाई झुक्याउनेलाई कारबाहीको माग गरेकी हुन् ।

यस्तै अध्यक्ष पाठकले समस्या नभएका सामुदायिक वनको काठ तत्काल ओसार पसार गरी व्यवस्थापन गर्ने व्यवस्था मिलाउन पनि नेपाल सरकारसँग माग गरेकी छन् ।

यस्तै महासंघले वन नीति २०७५, वन ऐन २०७६ र वन नियमावली २०५१ अनुसार सामुदायिक वन उपभोक्ता समुहको स्वायत्त अधिकारमा हस्तक्षेप नगरी छानविन समितिले निष्पक्ष छानविन गर्न पनि माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

 

 


  •  
  •  
  •