चेपाङ हत्याको निष्पक्ष छानविन गर्न फेकोफनको माग

371
  •  
  •  
  •  

काठमाडौं । सामुदायिक उपभोक्ता महासंघ नेपाल(फेकोफन)ले चितवन राष्ट्रिय निकुञ्जका सैनिकहरुको कुटपिटबाट हत्या गरिएको भनिएका राजकुमार चेपाङ घटनाको निष्पक्ष छानविनको माग गरेको छ ।

महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त अपराधजन्य कार्यमा संलग्नलाई छानविन गरि तत्काल कारबाहीका साथै मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने र भविष्यमा यस्ता मानव अधिका उल्लघंनका घटना नदोहोरिने कुराको सुनिश्चतता गर्न नेपाल सरकारसँग माग गरेको छ ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘समुदायमा आश्रित रहेका स्थानीय समुदाय र आदिवासी जनजातिहरु नै प्राकृतिक स्रोत र जैविक विविधताको प्रमुख संरक्षणकर्ता हुन् । यस्तो अवस्थको वेवास्ता गर्दै नेपालमा भने एकातर्फ निरंकुंश र केन्द्रीय किसिमले निकुञ्ज कानून बनाउने र अर्कोतिर निरंकुशताको प्रतिकका रुपमा रहेका निकुञ्ज संरक्षणका नाममा जैविक विविधताको वास्तविक संरक्षणकर्ताको रपमा रहेका स्थानीय समुदाय र आदिवासी जनजातिहरुको प्राकृतिक स्रोत संरक्षणमा पुर्‍याएको योगदानको मुल्याकंन गर्नुको सट्टा निरन्तर गरिब विपन्न माथिको अन्याय र महिलामाथिको गाली गलोज गर्ने कार्य कुनै रुपमा क्षम्य हुन सक्दैन ।’

महासंघले निरकुंशताको प्रतिकको रुपमा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तत्काल खारेज गरी लोकतान्त्रिक रुपमा स्थानीय समुदाय र आदिवासी जनजातिको अधिकारसहितको संरक्षण क्षेत्र सम्बन्धी नयाँ कानून तर्जुमाका लागि समेत सरकार समक्ष अनुरोध गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •