सिंहदरवार भित्र ‘बाख्राको खोर’

632
  •  
  •  
  •  

मदन कोइराला
काठमाडौं, ११ साउन (ओएनएस) : समाचारको खोजीमा सिंहदरबार पस्नु मेरो दैनिकी बनेको छ । प्रधानमन्त्री कार्यालयदेखि २४ वटा मन्त्रालय, रेडियो नेपालदेखि नेपाल टेलिभिजनसम्मका सञ्चार संस्था यही सिंहदरवारभित्रैछन् । एकदिन गृहमन्त्रालय परिसरमा पुगेको मात्र थिए, एउटा आवाजले ध्यान तान्यो, म्याया…..म्याया……।
सिंहदरवार भित्र खसी बाख्राको आवाज । म अचम्ममा परे । जनताको आवाजको उचित संवोधन गर्न नसक्ने मन्त्रालय परिसरमा जनावरका आवाज सुनिनु आफैमा अनौठो थियो ।
स्रोतका अनुसार ती बाख्रा सेनाका लागि भारतबाट पैठारी गरिएकाहुन् । दिनहु १०० भन्दा बढी संख्यामा सेनाका बिविध कार्यक्रमलाई स्वादिलो बनाउन तीनको प्रयोग हुने गर्छ ।

IMG_4040 copy
तस्वीर : कविन अधिकारी

तर सर्वसाधरणले सहज प्रवेश नपाउने स्थलमा सेनाले बाख्रालाई कुन आधारमा प्रवेश गरायो ? यसको उत्तर स्वयम् गृहप्रवक्ता लक्ष्मी ढकालसँग पनि छैन । ‘यसरी सरकारी जग्गाभित्र खसी स्टोर गर्न पाँइदैन, ढकालले भने,‘यसविषयमा हामी नेपाली सेनासँग बुझ्छौं ।’
सिंगो मुलुक नै सिंहदरवारबाट संचालित छ । तर, त्यो भन्दा फरक पहिचान पनि सिंहदरवारभित्र रहेको फेला परेको छ । त्यो हो नेपाली सेनाका लागि ‘खसीको खोर’ ।
आम सर्वसाधारणकालागि सिंहदरवार प्रवेश निकै कठिन मानिन्छ । सिंहदरवारभित्र कोही आफ्नो मानिस नहुने हो भने एउटा सर्वसाधारण भित्र पस्नै पाँउदैन् । तर, खसी बाख्राकोलागि भने सिंहदरवार खुल्ला छ ।

सिंहदरवारमा रहेको नेपाली सेनाको अह्रिदमन गण रहेको छ । सो गणकोलागि र काठमाण्डौमा रहेका सेनाको अन्य ब्यारेकमा खसी उपलब्ध गराउने जिम्मा शुभम इन्टरनेशनलले पाएको छ । नेपाली सेनालाई खसी उपलब्ध गराउने ठेक्का पाएका शुभम इन्टरनेशनलका राजेन्द्र कार्कीले सेनालाई उपलब्ध गराउने खसी सिंहदरवारभित्र रहेको सर्वोच्च अदालतको खाली जग्गा प्रयोग गरिरहेको छ । जुन काम गैरकानुनी हो ।

खसी ल्याउन ठेक्का पाएको शुभम इन्टरनेशनलले एक सातामा एकसय खसी ल्याउँछ । ‘आवश्यकता अनुसार खसी ल्याउने गरेका छौं, ठेकेदारका सहयोगीले भने, ‘नेपाली बजारमा प्रयाप्त खसी नपाइएने हुनाले भारतीय बजारबाट समेत खसी ल्याउन गरिएको छ ।’ अहिले ठेकदारले खसी राखेको जग्गा सर्वोच्च अदालतको भवन निर्माणस्थल हो ।

IMG_4031 copy
तस्वीर : कविन अधिकारी

IMG_4035 copy

IMG_4042 copy


  •  
  •  
  •