के नयाँ वर्षदेखि फेसबुक बन्द हुन्छ ? के हो हल्ला ?

281
  •  
  •  
  •  

काठमाडौं,३० चैत (अाेएनएस) : नयाँ वर्षदेखि फेसबुक बन्द हुन्छ भनेर विभिन्न् सञ्चार माध्यममा समाचार अाएपछि यसकाे प्रतिक्रिया  सूचना तथा सञ्चार मन्त्रालयले दिएकाे छ।

मन्त्रालयले नयाँ वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाइने भनी आएको हल्ला निराधार रहेएको एक सूचना जारी गरि जानकारी गराएकाे छ ।

कसैले मन्त्रालयको लेटरप्याड प्रयोग गरी फेसबुक लगायतका सामाजिक सञ्जालमाथि नेपालमा भोलि दिनदेखि प्रतिबन्ध लगाउने तयारी भइरहेको भनी आएको समाचार गलत रहेकाे जारी सूचनामा उल्लेख गरिएकाे छ

मन्त्रालयले आज एक विज्ञप्ति निकाल्दै फेसबुक लगायतका कुनै पनि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागाउने निर्णय नभएको बताएको प्रष्ट पारेकाे छ । यस्तो भ्रामक सूचना फैलाउने व्यक्तिविरुद्ध कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई आग्रह गरिएको पनि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए।

 


  •  
  •  
  •