सामाजिक सञ्जाल मार्फत युवतीलाई फसाउने युवा जेल चलान

324
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : सामाजिक सञ्जाल मार्फत युवतीलाई फसाउने सिन्धुपाल्चाेकका युवा जेल चलान भएका छन्। आफु अमेरिकन आर्मी भएको भन्दै फेसबुकबाट चिनजान गरी युवतीहरुलाई फसाउने सुलभ पण्डित क्षेत्रीलार्इ काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।

उनलार्इ केही दिन अगाडी प्रहरीले पक्राउ गरी अनुसन्धान पश्चात अदालतमा मानव बेचबिखन र नागरिकतासम्बन्धि मुद्दा दायर गरेकाे थियाे। ठगी मुद्दामा ३३ लाख रुपैयाँ धरौटीमा माग भएको र मानव बेचबिखन तथा नागरिकता मुद्दामा जेल चलानको आदेश भएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।

युवतीहरुसँग फेसबुकमार्फत चिनजान गर्ने र नेपाल आउन लागेको भन्दै भेट्ने प्रस्ताव गर्थे। पहिलो भेटमा महंगो उपहार दिएर प्रभावीत पार्थे। त्यसपछि अमेरिका जाने प्रक्रियाका लागि पैसा लिएर उनले ठगी गर्दै आएको प्रहरीले जनाएको छ। सुरुमा नै महंगो उपहार दिएपछि युवतीहरु प्रभावीत हुने भएकाले उनले यस्तो तरिका अपनाएका थिए।

उनीमाथि पीडित १५ जना भन्दा धेरैले प्रहरीमा उजुरी गरेका थिए। उनको नागरिकता तीन वटा भेटिएका थिए। मनिष बस्नेत, नरेन्द्र पण्डित तथा सुलभ पण्डित क्षत्रीको नाममा नागरिकता बनाएका थिए। ती नागरिकताको आधारमा उनले बैंक खाताहरु खोलेका थिए। बैंक खातामा पैसा हाल्न लगाएर उनले ठगी गरेका हुन्। अमेरिका लैजाने भन्दै भ्रममा पारेर उनले एक दर्जन युवतीलाई गर्लफ्रेन्ड बनाएका थिए।


  •  
  •  
  •