फिफाको महासचिवमा पहिलोपटक महिला

246
  •  
  •  
  •  

Fatma Samouraकाठमाडौँ, १ जेठ(एजेन्सी) : विश्व फुटबल महासंघ(फिफा)को अध्यक्षमा पहिलोपटक महिला महासचिव चुनिएकी छन् ।

सेनेगलकी ५४ वर्षीय फत्मा साम्बा जुफ सामोउरा फिफाको ६६ औँ अधिवेशनबाट सामोउरा महासचिवमा चुनिएको फिफाले जनाएको छ । उनी पहिलो महिला मात्र नभई पहिलो अफ्रिकन समेत भएको फिफाले जनाएको छ ।

उनले २१ वर्षसम्म संयुक्त राष्ट्रसंघमा काम गरेकी थिइन् । उनले अहिले पनि फिफामा आबद्द रहेर नाइजेरियामा काम गर्दै आएकी छन् । उनले आगामी जुन महिनादेखि फिफाको जिम्मेवारी सम्हाल्नेछिन् ।

जेरुम वाल्कलाई भ्रष्टाचारमा आरोपमा बर्खास्त गरिएपछि महासचिव पद खाली रहेको थियो । सेम्यूराको नियुक्तिको घोषणा गर्दै फिफाको अध्यक्ष जानी इनफेन्टिनोले भने, ‘उनी संस्थाको लागि एक ताजा हावाको झोका जस्तो हुनेछिन् । उनी बाहिरकी हुन् र संस्थामा नयाँ पनि ।’


  •  
  •  
  •