पेरिस आक्रमणबारे बाबु-छोराको दर्दनाक सम्वाद…(भिडियोमा)

325
  •  
  •  
  •  

father-son-talk-on-paris-attackकाठमाडौँ, ४ मंसिर(एजेन्सी) : पेरिस आक्रमणले एक बालक मष्तिष्कमा निकै गहिरो असर परेको छ । पछिल्लो दिनमा मृतकहरूलाई ऋद्धाञ्जली दिन पुगेका एक बाबु-छोराबीचको सम्वादले सबैको मनमष्तिष्कलाई एकपटक छोएकै छ ।

बाबु-छोराको उक्त सम्वादको भिडियो अहिले संसारभर नै भाइरस भएको छ । सबैले यस भिडियो हेरिरहेका छन् । १७ नोभेम्बरमा अपलोड गरिएको यो भिडियो करिब १ लाख ३० हजार भन्दा बढी मानिसले हेरिसकेका छन् ।

बाबु-छोराबीचको सम्वाद यस्तो थियो :

छोरा : हामी अब सतर्क हुनुपर्छ किनकी हामीले घर नै परिवर्तन गर्नुपर्छ ।
बाबु : तिमी चिन्ता नगर । हामीले घर छाड्नुपर्दैन । फ्रान्स हाम्रो घर हो ।
छोरा : बाबा ! उनीहरू निकै खराब छन् ।
बाबु : हो तर, यस्ता खराब मानिसहरू जहाँ पनि हुन्छन् ।
छोरा : उनीहरूसँग बन्दुक छ । उनीहरूले हामीलाई गोली हान्न सक्छन् ।
बाबु : उनीहरूसँग बन्दुक भए हामीसँग फूल छ ।
छोरा : तर, फूलले केही गर्न सक्दैन ।
बाबु : किन गर्दैन गर्छ, ऊ हेर त्यहाँ सबैले फूल राखिरहेका छन् । यो बन्दुकसँग लड्नका लागि हो ।
छोरा : फूलले हाम्रो सुरक्षा गर्न सक्छ ।
बाबु : हो ।


  •  
  •  
  •