पिताले गरे १२ वर्षदेखी १५ वर्षीया छोरीसँग यौन दुर्व्यवहार

189
  •  
  •  
  •  

No Rapeकाठमाडौ, १ असार(एजेन्सी) : मध्य प्रदेशको भिन्ड जिल्लामा एक सनसनीपूर्ण घटना बाहिर आएको छ । जिल्लाको गोहद कस्बेमा एक पिताले १५ वर्षकी छोरीको १२ वर्षदेखी यौन दुर्व्यवहार गर्दै आएको खुलासा भएको हो ।

छोरीसँग पटक-पटक अवैध सम्बन्ध राखेको समाचारमा जनाइएको छ । आमा नभएकी ती किशोरीले प्रहरीसामू पिताविरूद्ध एफआईआर दर्ता गरेपछि घटना बाहिर आएको हो । प्रहरीले आरोपी पितालाई पक्राउ गरेको छ ।

१५ वर्षकी पीडित किशोरीले प्रहरीसामू दिएको बयानमा आफ्नी आमाको आफू डेढ वर्षको हुँदा नै मृत्यु भएको बताएकी छिन् । उनका अनुसार घरमा हजुरआमा र दाई थिए । आमाको मृत्यु पछि उनलाई बाबुले नै सँगै सुताउने गर्थे । सानैदेखी सुतिरहेको बेलामा अश्लिल हर्कत गर्ने गरेको साथै बलात्कारको प्रयास समेत गरेका थिए ।

किशोरीका अनुसार ठूलो हुँदै गएपछि पितासँग सुत्न अस्विकार गर्दा कुटपिट गर्ने गरेका थिए । छिमेकीले यस घटनाबारे थाहा पाए । गत सोमबार पनि पिताले घरमा विवाद खडा गरेर किशोरीलाई कुट्न थाले । यसपछि उनी बृद्ध हजुरआमा, दाई र काकाको साथमा प्रहरीमा उजुरी दिन पुगिन् ।

प्रहरीका अनुसार किशोरी आफ्नो परिवारका साथ प्रहरी चौकी पुगेकी थिइन् । उनले आफ्नो पिताले गरेको कुकर्मका बारेमा बताएकी थिइन् । पिताले उनको सानैदेखी यौन शोषण गर्ने गरेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •