श्रीमतीसँग झगडा परेपछि छोराको टाउकामा बन्चरो

61
  •  
  •  
  •  

सिरहा, २७ पुस(ओएनएस) : सिरहामा एक व्यक्तिले आफ्नो १० वर्षका छोराको हत्या गरेका छन् । सिरहा गोलबजार नगरपालिका-३ तेतरियाका रामस्वरूप सदायले पत्नीसँग झगडा भएपछि आफ्नै १० वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

रामस्वरूपले छोरा विजयको टाउकामा बन्चरो प्रहार गरी गयराती हत्या गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

गम्भीर घाइते भएका बालक विजयको उपचारका लागि गोलबजारस्थित धमिनी अस्पताल पुर्याइए पनि उनलाई बचाउन नसकिएको अस्पतालका कर्मचारीले बताएका छन् । अभियुक्त हाल फरार रहेको र  खोजीका लागि प्रहरी परिचालन भइसकेको बताइएको छ ।


  •  
  •  
  •