ससुरा र छोरीको हत्या गरी ज्वाई फरार

120
  •  
  •  
  •  

murderतनहुँ, पुस १९ : आफ्नै ज्वाईबाट व्यास ८ काउरेभट्टीका ७० वर्षीय शंकर विक र जेठी सासुकी छोरी १६ वर्षीया मनिषाको हत्या भएको छ ।

करिव ४० वर्षीय ज्वाई लक्ष्मणले ससुरा शंकर र छोरी मनिषाको बन्चरो र हँसिया प्रयोग गरी घर भित्र नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृत्यहरुको टाउकोमा चोट छ ।

स्थानियले शनिबार करिव साढे १ बजे विभत्स अवस्थामा हत्या भएको देखेपछि प्रहरीलाई खवर गरेका थिए । मध्य रातमा लक्ष्मणले आक्रमण गरेर हत्या दुवै जनाको हत्या गरेको हुन सक्ने प्रहरी उपरिक्षक मोहनकुमार आचार्यले बताए ।

मोवाइल स्विच अफ रहेको लक्ष्मण फरार रहेकाले खोजीकार्य तिव्र पारिएको उनले जानकारी दिए । नजिकै घरहरु नभएकाले पनि तत्कालै आफुहरुलाई हत्या बारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।

लक्ष्मण आपराधिक मनोवृत्तिको भएको र यस अघि पनि ससुरा लगायतलाई पटक पटक मार्ने धम्की दिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरिक्षक आचार्यले बताए ।

दुवैजनाको शव पोष्टमार्टमको लागि दमौली अस्पतालमा राखिएको छ । घटनास्थल पुग्न सदरमुकाम दमौलीबाट करिव ८ किलोमिटर पश्चिमतर्फ पर्छ ।


  •  
  •  
  •