पत्याउनुहुन्छ? १६ सय किलोमिटर प्रतिघण्टा चल्छ यो कार…(तस्विरसहित)

288
  •  
  •  
  •  

fastest-bloodhound-carकाठमाडौ/पुस(एजेन्सी) : कुनै कार १६०० किलोमिटर एक घण्टामा दौडिन सक्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर प्रविधीको यो विश्वमा जे पनि सम्भव छ भन्ने देखाउँदै एक घण्टामा १६०० किलोमिटर दौडने कारको निर्माण गर्ने योजनामा काम भइरहेको छ ।

fastest-bloodhound-car1ब्लडहाउण्ड सुपरसोनिक कार नाम दिइएको उक्त कारको गति विश्वको सबैभन्दा तिव्र गतिको लगभग विमान कनकर्डको गति बराबरकै हुनेछ । केही इन्जिनियरहरूको योजनाका अनुसार काम हुन सके उक्त ‘कनकर्ड कार’को गति १ हजार मिल (१६ सय किलोमिटर) प्रतिघण्टा हुनेछ । ब्लडहाउस प्रोजेक्टका प्रमुख इन्जिनियर मार्क च्यापम्यानका अनुसार पहिलो थ्रस्ट एसएससी इन्जिनले कारलाई ७ सय ६३ मील प्रतिघण्टाको गतिमा दौडन सक्थ्यो ।

fastest-bloodhound-car2ब्लडहाउण्ड एसएससीमा एक-दुई मात्र नभई तीणवटा इन्जिन रहेको छ । दुई वटा इन्जिन जोडिएको छ भने तेस्रो इन्जिन रेसिंग कारजस्तो छ जसले रकेटजस्तो गति दिनेछ ।

च्यापम्यानका अनुसार ब्लडहाउन्ड एसएसपीलाई १६०० किलोमिटर प्रतिघण्टा दौडन सक्ने गरि निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

ब्लडहाउसलाई सन् २०१५ भित्र बजारमा ल्याउने लक्ष्य अनुरूप कार्य भइरहेको बिबिसीले जनाएको छ । उक्त कारमा ड्राईभर बस्ने स्थान अन्तरिक्ष, एरोनोटिकल र फर्मूला वन इन्जिनियरिंगको कम्बिनेशनमा तयार गरिनेछ ।

fastest-bloodhound-car3तिव्र गतिका कारमा तरल प्राकृतिक ग्याँसको प्रयोग हुने गरेको छ, तर ब्लडहाउण्डमा ठोस रबरको इन्धन प्रयोग गरिने बताइएको छ । सबै मेशिन बनाउनका लागि कार्बन फाइबर्सको प्रयोग गरिनेछ ।


  •  
  •  
  •