काठमाडौं–निजगढ द्रुतमार्गको निर्माण तत्काल अघि बढाउन निर्देशन

540
  •  
  •  
  •  

काठमाडौ, १४ माघ (ओएनएस) : व्यवस्थापिका संसदको विकास समितिले काठमाडौं निजगढ द्रुतमार्गको निर्माण कार्यलाई तत्काल अघि बढाउन निर्देशन दिएको छ ।

रविन्द्र अधिकारी सभापति रहेको समितिको बुधबारको बैठकले द्रुतमार्ग निर्माणको कार्यमा देखिएका समस्या समाधान गरि तत्काल काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा वन तथा भू–संरक्षण मन्त्रालयलाई निर्देशन दिएको हो ।

७६ किलोमिटर हुने भनिएको दु्रत मार्गको अनुमानित बजेट १ अर्ब रुपैयाँ रहेको छ । समितिले वातावरणीय प्रभाव मूल्यांकनको सम्बन्धमा देखिएका समस्या, जग्गा अधिग्रहणमा देखिएका समस्या,ड्राइ पोट कहाँबनाउने लगायतका समस्याहरु समेत तत्काल समाधान गरी काम अघि बढाउन निर्देशन दिएको हो ।

यस्तै २०१३ सालबाटै कार्य प्रारम्भ गरिएको तर हालसम्म सम्पन्न हुन नसकेको कान्ति लोकपथको वर्तमानकार्य सम्पादनको गति संतोषजनक नै पनि समितिले ठहर गरेको छ ।

समितिले उक्त लोकपथको निर्धारित समयभि सम्पन्न हुन नसक्नुमा आवश्यकव जेटको विनियोजन हुन नसक्नु प्रमुख कारण देखिएकोले आगामी ३ वर्षभित्र कार्य सम्पन्नको लागि बजेट विनियोजन गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

साथै समितिले लगानीको धितोपत्र ऐन, २०६३, नेपाल राष्ट्र वैंक तथा वित्तिय संस्था सञ्चालन निर्देशिका, २०७०, विमा कम्पनीहरुको लगानी निर्देशिका, २०७१, सहकारी संघ÷संस्था सञ्चालन, लेखापरीक्षण, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड २०६८ मा रहेका प्रावधानहरुलाई लगानीमैत्री बनाउन आवश्यक संशोधन गर्नको लागि सरोकारवालसँग छलफल गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

fast track


  •  
  •  
  •