भारतीय कम्पनीसँग काठमाडौं–निजगढ फास्ट ट्याकको डिपिआर सम्झौता

321
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : सरकारले काठमाडौं–निजगढ फास्ट ट्रयाकको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर)को लागि भारतीयसँग कम्पनीसँग सम्झौता गरेको छ ।

निःशुल्क अध्ययन गर्नेगरि भारतको इन्फ्रास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिस लिमिटेडसँग सोमबार सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा चार महिनाभित्र विस्तृत परियोजना प्रतिवदेशन उपलब्ध गराउने उल्लेख छ ।

सम्झौता पत्रमा भारतीय कम्पनीका लिजिङ एण्ड फाइनान्सियल सर्भिसका निर्देशक मुकुन्द साप्रे र काठमाडौं तराई मधेश फास्ट ट्रयाक परियोजनाका प्रमुख सत्येन्द्र शाक्यले हस्ताक्षर गरे ।

डिपीआरपछि आयोजनाको ठेक्का दिने अधिकार नेपाललाई छ । नेपालले डिपीआर गरेको कम्पनीसँग निर्माणको लागि ठेक्का दिन बाध्य हुनेछैन ।

लिजिङ एण्ड फाइनान्सियल सर्भिस निर्देशक मुकुन्द साप्रेले नेपालमा लागनी गर्न चाहेको बताए । उनले डिपिरपछि पनि ठेक्का पाउने आशयसहित डिपिर पहिलो चरण भएको बताउँदै त्यसपछि नेपालमा लागनी गर्न इच्छुक भएको बताए ।

fast track


  •  
  •  
  •