फास्ट ट्रयाकको प्रतिवेदन यसै हप्ता सरकारलाई बुझाइने

279
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन(ओएनएस) : नेपाली सेनाले काठमाडौं तराई द्रूत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन डीपीआर यसै साता सरकारलाई बुझाउने भएको छ ।


नेपाली सेनाको द्रूत मार्ग परियोजनाले कोरियाली कम्पनी योसिन र पेगांवाले परियोजनालाई बुझाएको प्रतिवेदनको अन्तिम रूप दिने काम गरिरहेको छ ।

प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएसँगै सेनालाई निर्माणको काम द्रूत गतिमा अगाडि बढाउन बाटो खुल्ने बताइएको छ ।

यस अघि प्रारम्भिक विस्तृत परियोजना प्रितिवेदन फेब्रुअरी महिनामा नेपाली सेनाको मुख्यालयम बुझाइएको थियो । सरकारले यो प्रतिवेदन अनुमोदन गरेपछि सेनालाई सुरुङ्गा, पुल जस्ता ठूला निर्माण कार्य अगाडि बढाउन सहज हुने बताइएको छ ।


  •  
  •  
  •