बालबालिकाको क्याटवाक (फोटोफिचर)

159
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : सामान्यतया हामी किशोर किशोरी र युवा युवती मात्रै पहिरनको शौखिन हुन्छन् भन्ने सोच्छौं । राम्रो पहिरन लगाउने चाहना कसलाई हुँदैन र ? पछिल्लो समय बालबालिकामा पनि पहिरनप्रतिको आकर्षण बढेको देखिन्छ ।

फेसन शो का नाममा आधुनिक पहिरन प्रदर्शन गर्न पाँच तारे होटलहरुमा कार्यक्रम पनि भैरहेका छन् । यस पटक पाँच तारे होटलमा भएको फेसन शो का बारेमा भन्दा पनि राजधानीको एक प्रि स्कुलमा अध्ययनरत बालबालिकाले प्रस्तुत गरेको क्याट वाकको चर्चा गर्दैछौं ।

फागुनको अन्तिम साता काठमाडौंको नयाँबजार टाउन प्लानिङमा रहेको ह्वाइटफिल्ड स्राइन प्रि–स्कुलका विद्यार्थीले क्याट वाक गरे । ओपन हाउस कार्यक्रमको अवसरमा उनीहरुले प्रि स्कुलको प्राङ्गणमैं फेसन शो प्रदर्शन गरेका हुन् । यस प्रदर्शनीले पनि बालबालिका पनि पहिरनका शौखिन छन् भन्ने कुराको पुष्टि गर्छ ।

बालबालिकाको क्याट वाकलाई विनोद शर्माले तस्विरमा यसरी उतारका छन् : Child ofWhite Field Pre school (2) Child ofWhite Field Pre school (3) Child ofWhite Field Pre school (5) Child ofWhite Field Pre school (6) Child ofWhite Field Pre school (7) Child ofWhite Field Pre school (8) Child ofWhite Field Pre school (9) Child ofWhite Field Pre school (10) CIMG8401


  •  
  •  
  •