नयाँ बजारमा अन्तर्राष्ट्रियस्तरको बुटिक

  •  
  •  
  •  

काठमाडौँ, नेपालमा रहेका फेसन डिजाइनरहरुको शिप र क्षमतालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने उद्देश्यले काठमाडौँमा हाउस अफ डिजाइनर्स बुटिकको शुरुवात गरिएको छ । गैरआवसीय नेपाली सघंका अध्यक्ष भवन भट्ट, गैरआवासीय नेपाली सघं महिला सयोजक रजनी प्रधान र हाउस अफ डिजाइनरकी मनिषा डंगोल श्रेष्ठले सयुक्त रुपमा बुटिकको उदघाटन गरे ।

सन् २०११ मा लण्डन फेसन हाउसको नाममा बुटिक क्षेत्रमा प्रबेश गरेकी श्रेष्ठले स्थापनाको ६ बर्षमा लण्डनमै अर्को बुटिक हाउस समेत सञ्चालन गरेकी थिइन् । ‘हाउस अफ डिजाइनर्स पनि नेपाल भित्र र बाहिर रहनुभएका नेपालीहरुको मायाबाटै सम्भव भएको हो’ उनले भनिन् ।

नेपाली बुटिक डिजाइनरहरुको शिपलाई नेपालमा मात्र सीमित नराखी उनीहरुको लगानी र क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्नु मुख्य उद्देश्य रहेको हाउस अफ डिजाइनर्सकी अम्बिका मालीले बताइन् । हाउस अफ डिजाइनर्समा मालीसहित शोभा महर्जन, लक्ष्मी थापा मगर, लक्की सुनुवार, आनी लामा, कविसा श्रेष्ठ, मेरिना लेप्चा, नमिता शाक्य, रिना महर्जन, कुशुम लामा, अनु भुजेल, अमृता थापा मगर लगायतका नेपालमा बुटिक क्षेत्रमा स्थापित डिजाइनर्सहरुको सहभागीता रहेका सञ्चालक श्रेष्ठले जानकारी दिइन् ।


  •  
  •  
  •