नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय : मोरिससका पूर्वराष्ट्रपति

149
  •  
  •  
  •  

farnar president of morissaकाठमाडौं, ११ माघ (ओएनएस) :  मोरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा पूर्वराष्ट्रपति उत्तिमले नेपालको शान्ति प्रक्रियाको अनुभव अन्तराष्ट्रियरुपमै आदानप्रदान गर्न आफूहरु इच्छुक रहेको बताए ।

नेपालको शान्ति प्रक्रिया मौलिकढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा उनले स्रहाना समेत गरे ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियामा अन्तराष्ट्रिय समुदायको सदभावप्रति आभार व्यक्त गरे । प्राप्त उपलब्धी संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए ।


  •  
  •  
  •