पहिलो पटक आजदेखि साना किसान सम्मेलन

122
  •  
  •  
  •  

काठमाडौं १६ कात्तिक (ओएनएस) : मुलुकमा पहिलोपटक ‘साना किसान सम्मेलन’ हुँदैछ। साना तथा विपन्न वर्गका किसानहरुको आर्थिक विकास तथा उन्नतिलाई लक्षित गर्दै साना किसान विकास बैंकको मुख्य आयोजनामाआज र भोलि राजधानीमा सम्मेलन हुन लागेको हो। कृषि विकास र व्यवसायीकरणमा सुधार गर्ने तथा विपन्नवर्गका किसानहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले ‘साना किसान सम्मेलन २०१४’ को आयोजना गरिएको हो। आयोजक समितिका अध्यक्ष श्रीकृष्ण उपाध्यायले साना किसान विकास अभियानको ४० वर्षे इतिहासको उपलब्धि, चुनौती, सम्भावना र भावी दिशाको समीक्षा गरिने जानकारी दिए ।

पहिलोपटक साना तथा विपन्नवर्गका किसानहरुलाई लक्षित गरी स्थानीयस्तरमै साझा संस्था निर्माण गर्ने उद्देश्यले साना किसान सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा १४ वटा सत्रमा विभिन्न विषयमा केन्द्रित भई २४ कार्यपत्र पेस हुने आयोजकले जनाएको छ ।


  •  
  •  
  •