रौतहट १६ भदौ (ओएनएस): रौतहटका किसानले आफुहरुले लगाएको धानबाली नष्टभएपछि अनिश्चितकालिन अनशनमा सुरु गरेका छन् । आफुले रोपेको धानबाली उद्योगबाट निस्केको विषादियुक्त पानीका कारण क्षण भरमै नष्ट भएपछि किसान
आन्दोलित भएका हुन् । बाढी आएको मौकामा चिनी मिल र दुईवटा डिष्टीलरीले दुषित पानीको ढल खोलामा मिसाएपछि रौतहटको दक्षिणी भेगमा करिब एक हजार हेक्टर जग्गाको धानखेती नष्ट भएको हो ।
रौतहटको मध्यबजार गरुडामा रहेको श्रीराम सुगरमिल्सको डिष्टीलरी, ज्योति डिष्टीलरी डुमरिया र बाबा डिष्टीलरी विर्ताले पोखरीको दूषित पानी बाढीको मौका छोपेर बगाउँदा किसानका खेतका बाली नष्ट भएको हो । राजपुर तुल्सी, भेडियाही, मत्सरी, पचरुखी, जेठरिया, बसतपुर लगायतका गाविसका हजारौ किसानको धान बाली नष्ट भए पछि आन्दोलित भएका छन । सरकार र स्थानीय प्रशासनले माग सम्बोधन नगरेकाले आफूहरु अनशनमा बस्नु परेको किसान ब्रजभुषण सिंहले बताए ।