पश्चिम दाङमा दुइकरोड बढिको मकैवाली सखाप

206
  •  
  •  
  •  

दाङ १२ साउन (ओएनएस) : पश्चिम दाङको पवननगर गाविसस्थित भमके गाउंमा मकैवालीमा फैलिएको महांमारीले दुइ करोड रुपैया भन्दा बढि मुल्यको मकैवाली सखाप भएको छ । रोगले झण्डै ३ सय विगाहामा लगायको मकैवाली सखाप पारेको स्थानीय किसानहरुले बताएका छन् ।

पाक्ने अवस्थामा पुगेको मकैमा आकस्मिक रुपमा यो रोग देखिएपछि किसानहरु चिन्तित भएका छन् । रोग देखिएको एक/दुइ दिनमै आफ्नो सवै वारीको मकै सखाप भएको पवननगर भमकेका स्थानीय किसान फलकुदत्त भण्डारीले बताए । क्षतिपुर्ति नपाए संवन्धित कार्यालयमा धर्ना दिने पनि किसानहरुले बताएका छन् । उनीहरुले स्थानिय प्रशासनलाइ समेत यो समस्याको विषयमा सहजीकरण गरीदिन समेत अनुरोध गरेका छन् ।
संविधान सभाका सभाषद दिपक गिरीले सरकारले स्वीकृति दिएको विउ रोपेको अवस्थामा प्रकोप लागेर सखाप भए सरकारले किसानहरुलाइ क्षतिपुर्ति दिनुपर्ने बताएका छन् । प्रकोपग्रस्त क्षेत्रमा सोमवार कार्यकर्ताहरु सहित पुगेका सभाषद गिरीले त्यसकालागि आफुले पनि पहल गर्ने बताएका हुन् ।


  •  
  •  
  •