काठमाडौँ, १२ कात्तिक(ओएनएस) : निवर्तमान राष्ट्रपति डा. रामवरण यादव शितल निवासबाट बिदा भएका छन् । नयाँ राष्ट्रपति चुनिएपछि डा. यादवले शितल निवासबाट बिदा लिएका हुन् ।
उनलाई नयाँ राष्ट्रपति विद्या भण्डारीले बिदाई गरेकी थिइन् । उनलाई नवनियुक्त राष्ट्रपति भण्डारीले फूलमाला लगाएर बिदाई गरेकी थिइन् ।
डा. यादव संविधानसभाको पहिलो निर्वाचनपछि राष्ट्रपतिको पदमा आसिन थिए । दोस्रो संविधानसभापछि पनि उनले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । संविधान जारी भएपछि राष्ट्रपति चयनपछि उनले बिदा लिएका हुन् । उनी नेपालको पहिलो राष्ट्रपति हुन् र करिब ७ वर्ष ३ महिना नेपालको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।
शितल निवासबाट बिदा हुनुअघि उनले सम्बोधन पनि गरेका थिए ।